मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख
पाइनेछ।
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको
विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन
खिन्न रहनेछ। तापनि समुदायको हक हितको
संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ।
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः
हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका
साथीभाइ नजिकिनाले
हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्।
कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा
कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले
चिताएका कामहरू पनि सजिलै बन्ने देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
लेनदेनमा विवाद हुने सम्भावना छ। दैनिक काममा समेत बढी
मेहनत
गर्नुपर्ला। सहयोगीहरू जुटाउन अलि मुस्किलै पर्नेछ। समस्या
दोहोरिन सक्छन्।
आँटेको काम स्थगित हुन सक्छ। सानातिना घरेलु
काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी
अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा
खर्च हुने योग छ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता
गर्नुपर्ला

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।
व्यावसायिक यात्रा सम्भावना छ। प्रेमको बन्धन कसिने
बेला छ। दाम्पत्य जीवन
सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग
गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अलि
बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा
समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन
मनोरञ्जनपूर्ण रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा
विशेष लाभ होला। शत्रु र रोगबाट
छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि
विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य
फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष
पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने
प्रयास गर्नेछन्। परिस्थितिले अरूको हातमा
गइसकेको धन फिर्ता दिलाउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :

सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने
मौका
छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ।
व्यावसायिक यात्रा सम्भावना
छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ।
आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन
प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील
रहनुहोला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ।
भूमि तथा
मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र
विगतका कमजोरीलाई सुधार
गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत
होलान्। काममा मातापिताको सहयोग प्राप्त
होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ
काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय
छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। सहयोगीहरूले
हात
झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन पनि
खर्च हुन सक्छ। पुरानो
समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा
केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा
खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै
प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
मान–सम्मान बढ्नुका साथै बोलीको भरमा काम सम्पादन
हुने
योग छ। विचारले धेरैलाई आकर्षण
गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा
साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको
श्रमबाट प्रशस्त लाभ हुनेछ। रोकिएका काम
बन्नेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–
समारोहमा सहभागी बन्ने मौका छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
Capricorn :
काममा प्रतिष्ठा मिल्नुका साथै आत्म–विश्वास
बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग निकटता बढ्नेछ।
पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र,
अलंकार आदि उपहार पाइएला। स्वादिष्ट
भोजनको आनन्द मिल्नेछ। तपाईंलाई अभिप्रेरित
गर्नेहरू प्रशस्तै भेटिनेछन्। विछोडिएका
परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने
समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। काममा
लगानी
बढाउने समय छ। प्रयत्न गर्द लामो यात्रा हुन सक्छ। वैदेशिक
कामकाजमा
फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने
योग छ। टाढाको यात्रा गर्ने मौका मिल्न सक्छ।
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ।
वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरखर्च भने बढ्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।
पढाइलेखाइमामा पनि राम्रै प्रगति हुनेछ। पैत्रिक
सम्पत्तिको उपयोगबाट थप
आर्जन गर्न सकिनेछ। नयाँ ज्ञान सिक्ने मौका छ।
कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा
हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि
राम्रै प्रगति गर्न सकिनेछ। सोचेभन्दा बढी नै लाभ
उठाउन सकिनेछ।
26 Aug 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top