साउन, काठमाडौं - पूर्वयुवराज पारस शाहको मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ।

अस्पताल भर्ना गरिएपछि उनकी पत्नी हिमानी शाह पारसलाई भेट्न अस्पताल पुगेको नेपाल समाचारपत्र मा खबर छ । थाइल्यान्डबाट नेपाल आइसकेपछि पारस र हिमानीबीच भेटघाट भएको थिएन।
जीव्नकुञ्जमा रहेका पारस नियमित उपचार गराइरहेका थिए । तीन दिन अघि उनका चिकित्सकले पेस मेकर राख्न सुझाव दिएपछि पारसलाई अस्पताल भर्ना गरिएको हो।
पेस मेकरले मुटुलाई थप क्रियाशील बनाई तोकिएको मात्रामा चलाउँछ । मुटुमा समस्या आएर धड्कन कम हुन थालेपछि चिकित्सकले पेस मेकर राख्ने सल्लाह दिएका थिए।
27 Jul 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top