काठमाडौँ । लामो जेलजीवनपछि पूर्वयुवराज पारस शाह नेपाल आएका छन् । नेपाल आउनुअघि उनले दरबार हत्याकाण्डबारे नयाँ खुलासा गरेको भन्ने समाचारले अहिले चर्चा पाउदैछ । थाईल्याण्डको लुङ्खाई सुधार गृहबाट मुक्त गरिएका पूर्वयुवराज शाहबाट दरबार हत्याकाण्ड विदेशी शक्ति केन्द्र र केही नेपाली नेताहरुको सहयोगमा घटाइएको समाचारमा उल्लेख छ ।
घुमाएर ‘रअ’तिर संकेत
समाचारमा उनले नेपाली राजनीतिज्ञ र विदेशी शक्तिको बारेमा स्पष्ट पार्न नचाहेको र घुमाउरो शैलीमा भारतीय गुप्तचर संस्था ‘रअ’तर्फ लक्षित गर्दै उनको परिवार भिक्टिम (शिकार) मात्र भएको जिकिर गरिएको छ ।’ श्रोत भन्छ ‘उनको परिवारलाई आरोप लगाउनेलाई पाप लाग्छ ।’ दरबार हत्याकाण्डबारे उनको परिवारलाई लगाइने आरोपबारे उनले दुःख व्यक्त गरेका छन् ।
हिमानीले भेटेकी थिइन् पारसलाई
केही समयअघि थाइल्याण्ड गएकी हिमानी शाहले पारसलाई भेटेको बारेमा विभिन्न अड्कलबाजीहरु गरिए । तर लुङ्खाईमा महिलालाई बुधबार मात्र भेट्न दिइने भएकोले हिमानीले बुधबार नै समय मिलाएर पारसलाई भेटेको समाचारमा दावी गरिएको छ । चाङमाईबाट लुङ्घाईसम्म हिमानीलाई पुर्याउन सहयोग गरेका उनका सहयोगी हरुले भने, ‘नेपाली मिडियाहरु हचुवाको भरमा समाचार बनाउँछन् ।’
मन परेको छैन पूर्वराजाको कार्यशैली
पूर्वयुवराज पारसले थाइल्याण्डमा आफ्ना निकटस्थसँगको भेटघाटमा आफूले परिवारको सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । परिवारले सहयोग गरेको भए आफ्नो यो अवस्था नहुने उनको दुःखेसो रहने गरेको छ । उनले खुलेरै भन्ने गरेका छन्, ‘बुवा महाराजको कार्यशैलीले नै हामीलाई यहाँसम्म ल्याइपुर्यायो।’
सम्बन्ध छैन थाई प्रेमिकासँग
थाई प्रेमिकासँग सम्बन्ध बाक्लिएपछि हिमानीसँग सम्बन्ध पातलिएको विगत अब विगत मात्रै बनेको छ । अहिले आफ्नो थाई प्रेमिकासँग कुनै सम्बन्ध नरहेको पारस स्वयमले स्वीकार्ने गरेका छन् । यद्यपि आक्कलझुक्कल उनी आफ्नी पूर्व प्रेमिकालाई भेट्न जाने गरेको उनका निकटस्थहरु दावी गर्दछन् ।
फेरिएका छन् सहयोगीहरु
थाइल्याण्डमा व्यावसाय गरिरहेका सुनिल खड्का र सुमन अधिकारीले विगतमा सक्दो सहयोग गरेका थिए पारसलाई । रकम जुटाउनेदेखि खबर आदानप्रदान गर्ने कामसम्म उनीहरुले गरेका थिए । उनका निकटस्थहरुले भन्छन्, ‘तर अहिले उनीहरुको सहयोग पातलिएको छ । यो स्वभाविक पनि हो ।’ स्रोत भन्छ,, ‘अहिले थाइल्याण्ड सिंगापुरबाट कोरिया र जापानसम्म गार्मेन्टका सामान सप्लाई गर्ने एकजना पूर्वी नेपालका घले दाइले पारसलाई राम्रो सहयोग गरिरहेका छन् ।’
साझा पोस्ट लगायत केहि अनलाइनहरुले विभिन्न श्रोतको हवाला दिदै अगाडी लेख्छन उनि युवासँग मिलेर देश बनाउने सपना पारसले सुधारगृहभित्रैबाट आफ्नो सपना सुनाएक थिए, उनि नेपाली युवाहरुसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छन ।’ उनले युवाहरुसँग टिम बनाएर राष्ट्रको लागि केही गर्ने योजना बुन्न थालेका छन् । नेपाल फर्कनासाथ यो कामलाई अगाडि बढाइहाल्ने उनको योजना छ । ‘देश बनाउन नयाँ पुस्ता अगाडि आउनुपर्छ । देशको उन्नतिको लागि मिलेर अगाडि बढ्दा केही गर्न पक्कै सकिएला भन्ने उनको बिस्वास छ source taja khabar।

![]() |

Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.