काठमाडौं । एमाले र एमाओवादीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दामा सहमति जनाउन कांग्रेसमाथि निक्कै ठूलो दबाब परेको छ ।
आजको तरुण साप्ताहिकमा खबर छ खासगरी छिमेकी मुलुक भारतको सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुबाट कांग्रेसमाथि यस्तो दबाब आउनुलाई रहस्यपूर्ण मानिएको छ । भाजपा दुई पिलर र गणतन्त्रको धारमा विभाजित भएको बुझिन्छ ।
समाचार स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहको केही समय अघिको तारन्तार भारत भ्रमण र भारतको एउटा लबीद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत संयोगमात्र होइन । केही समय अघि पूर्व राजालाई भाजपका नेताहरुले पुनर्वहालीको लागि तत्कालै जनमत नभएको र जनमत जुट्न अझै केही वर्ष लाग्न सक्ने जवाफ दिएको समाचार आएको थियो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका व्यवस्था संविधानमा राख्ने र पूर्वराजा शाहलाई राष्ट्रपतिको उम्मेदवार बनाएर चुनाव जिताउने रणनीति नेताहरुले बनाएको बुझिएको छ ।
पूर्व राजा शाह र पूर्व युवराज्ञी हिमानी शाहमध्ये जसलाई अघि बढाउँदा चुनाव जित्न सजिलो हुन्छ उसैलाई अघि बढाउने रणनीति उनीहरुले बनाएको समाचार स्रोतले जनाएको छ ।


प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको प्रावधान संविधानमा राखिए ज्ञानेन्द्रलाई चुनाव लडाउने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरिए हिमानीलाई उम्मेदवार बनाउने रणनीति तय गरिए उनी नै अन्य उम्मेदवारभन्दा पपुलर हुने एकथरीको विश्लेषण छ ।

27 Jul 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top