काठमाडौं, चैत्र २९ – सामान्य प्रशासन मन्त्री भएदेखि नै सरकारी कर्मचारीले लिएको पीआर र ग्रीनकार्ड लिने ब्यक्तिको नाम सार्वजनिक गर्ने र उनीहरुलाई कारवाही गर्ने बताउदै आएका लालबावु पण्डितले पहिलो चरणको नाम फेसबुक मार्फत खोलेका छन् । पहिलो चरणको नामावली भन्दै नेपाल राष्ट्रबैङकका वहालवाला र पूर्व कर्मचारीको पोल मन्त्रि पण्डितले खोलिदिएका हुन् । पीआर र ग्रीनकार्ड लिने हाकिमहरुको बारेमा मन्त्री पण्डितले आफ्नो फेसबुकमा यसरी लेखेका छन् ‘मनचित्त उतै राखेर, दिमागभरी भविष्यका सपना, योजना र कल्पनाको तानाबाना उतैको बुनेर, अवसर छोप्न र लुट्न पाउञ्जेलसम्म पार्थीव शरीर मात्र यता राखेर जागिर खाइरहे । परिवारलाइ उतैको नागरिकता लिन लगाए । उतै सेटल गराए । आफूले चाहीं पीआर, ग्रीनकार्ड मात्र लिए । यता सोहोरेको धन हुण्डीमार्फत् नियमित पठाइरहे । रिटायर्ड भएको २/३ हप्ताभित्रै उडि पनि हाले । यसो गर्ने राष्ट्र बैंकका कर्मचारीहरु थुप्रै रहेछन् । निर्देशक शालिकराम दाहाल (क्यानाडा), उपनिर्देशक सञ्जयसिंह श्रेष्ठ (अमेरिका), उपनिर्देशक प्रल्हादबहादुर थापा (अमेरिका), उपनिर्देशक श्रीप्रसाद पौडेल (बेलायत), उपनिर्देशक सविता शर्मा (बेलायत), उपनिर्देशक खेजराज खनाल (अस्ट्रेलिया), सहायक निर्देशक रैवतराज पौडेल (अमेरिका), सहायक निर्देशक शरद ओझा (अमेरिका), सहायक निर्देशक देवेन्द्र खतिवडा (अमेरिका), सहायक निर्देशक उषा गुरुङ (बेलायत), प्रधान सहायक एकमानन्द बज्राचार्य(अमेरिका), प्रधान सहायक हिमाल रेग्मी (अमेरिका), प्रधान सहायक राधाकृष्ण राउत (अमेरिका), प्रधान सहायक नकुल रायमाझी (अमेरिका) लगायत धेरै संख्यामा रहेछन् । राष्ट्र बैंकले यिनीहरुलाइ नियमित पेन्शन दिंदोरहेछ, जुन प्रति व्यक्ति वार्षिक ४ लाख रुपैयाँ (औसत) रहेछ । त्यसबाहेक वार्षिक १ लाख रुपैयाँ थप दिन्छ भनेर अपुष्ट सुनेको छु । राष्ट्र बैंकका बहालवाला कर्मचारीको विषयमा भन्नुपर्दा, डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेजीले श्रीमति र दुई छोराछोरी (छोरा सुरित र छोरी राजश्री) लाइ १० वर्षअघि नै अमेरिकामा सेटल गरेका रहेछन् । आफ्नो पीआरचाहीं ५ वर्षअघि लिएछन् । यसविचमा १८ पटक अमेरिका पुगेछन् ।

गभर्नरको सम्भावना भएकोले पीआर त्याग्छु भन्न थालेका रहेछन् । उपनिर्देशक रामशरण खरेल, उपनिर्देशक फणिन्द्रबहादुर क्षेत्री, सहायक निर्देशक पञ्चनारायण प्रजापती (क्यानाडाको पीआर), उपनिर्देशक थानेश्वर आचार्य, सहायक निर्देशक हरिप्रसाद रेग्मी, सहायक निर्देशक बिद्याभूषण कार्कीहरुले पनि गोपाल काफ्लेजीकै अनुशरण गरेर ठ्याक्कै यही बन्दोबस्त मिलाएका रहेछन् ।’ 
मन्त्री लालबावु पण्डितको फेसबुकबाट - 
24 Jul 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top