

![]() |
खेल ट्राफिक प्रहरी बिटले उनीहरुलाई पक्राउ गरेको हो । यो प्रसंग हो पछिल्लो समय चर्चामा रहेको गीत मापसेले मार्योको म्युजिक भिडियो सुटिङको c आगामी माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘द टाईगर रियल हिरो’ भित्र समेटिएको यो गीतको म्युजिक भिडियोको सुटिङ्सँगै यो चलचित्र छायाँङकनको सम्पुर्ण काम सकिएको छ । यो गीतमा नायक अशोक फुयाल र नवराज गिरी तथा नायिका सगुन शाही र शुभेच्छा थापाले अभिनय गरेका छन् । निर्देशक राजु गिरीले निर्देशन गरेको यो चलचित्रमा समावेश यो गीत म्युजिक भिडियो बन्नु अगावै चर्चीत बनीसकेको छ । शंकर गिरी, काजल गिरी र रिया गिरीले सयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा नायक अशोक फुयाल, नायिका शुभेच्छा थापा, शुसान्त कार्की, सुरज रानाभाट, सगुन शाही लगायतका कलाकारको अभिनय रहेको छ । रोशन श्रेष्ठको द्धोन्द्ध रहेको यो चलचित्रमा संगीतकार अर्जुन पोखरेलको संगीत समावेश गरिएको छ । शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको हो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.