काठमाडौं । मंगलबार आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोहपछि शितल निवासमा एक किसिमको खैलाबैला नै मच्चियो । शुरुमा फोटो पत्रकारहरुबाट फैलिएको खैलाबैला पछि त्यहाँ उपस्थित केही चलचित्रकर्मीहरुसम्म पुग्यो । कार्यक्रमस्थलबाटै चल्तीकी नायिका एकाएक गायब भएपछि खैलाबैला मच्चिनु स्वभाविक नै थियो । त्यसरी हराएकी नायिका अरु नभएर नम्रता श्रेष्ठ थिइन् ।कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि मात्र हलमा पुगेकी नम्रता श्रेष्ठलाई थोरै अतिथिले मात्र देखिन् । कार्यक्रम सकिएको घोषणा हुनसाथ उनी शित्तल निवासबाट कसैसँग विदासम्म नमागी हिडेकी थिइन् ।सीमित घेराभित्र राखिएकाका केही पत्रकारहरुले दर्शकदीर्घको बीचमा रहेकी नम्रताको सामूहिक दर्शक फोटो पनि कैद गरे । कार्यक्रमपछि नम्रताका पोज पोजका फोटो खिचौंला भन्ने धोको पूरा गर्ने उदश्यले तिनै फोटोग्राफरहरुले कार्यक्रम सकिएपछि नम्रताको खोजी गरेका थिए । तर, नम्रता भने त्यतिञ्जेलसम्म शित्तल निवासबाट हिडिसकेकी थिइन् । अर्थात कार्यक्रमस्थलबाट नम्रता एकाएक गायब भएकी थिईन् । उनी किन हतारेर शितल निवासबाट बाहिरिइन् ? भन्ने कौतुहलताले धेरैलाई पछ्याइरहेको थियो । उनीसँग भलाकुसरी गर्न भ्याएकाहरुले नम्रता अस्पतालबाट आएकाले चाडै हिडेकी हुन् भन्ने सुनाए । जेहोस् शितल निवासमा मंगलवार अपरान्ह चलेको नम्रताको खोजीनीतिले चलचित्रवृत्तमा उनको माग कति रहेछ भन्ने प्रष्ट पारेको थियो ।


googleusercontent.com/blogger_img_proxy/AEn0k_u6gwESp28pvCDcHNqlm9QJTLBzQO_6bHmlyhQruu_ufxQD29_OpJ5Su4DxyaYUTLK3pGGrOcTT5C2f6UJPxYkIWrM5Tu2Qn3saVGZ3DD1OwyWz6Q2W=s0-d">
29 Jul 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top