काठमाडौं, १३ साउन । आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले २३६ रनको विशाल लक्ष्य पाएको छ ।

आजको खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ । बलिङमा नेपालमा सोमपाल कामीले चमत्कार गरेका छन् । कप्तान पारस खड्का र अनुभवी बलर बसन्त रेग्मीले लिन नसकेको विकेट लिएर सोमपालले चमत्कार गरेका हुन् ।


सोमपालले स्कटल्याण्डका कप्तान प्रेष्टन मोमसेनलाई अन्तिम समयमा निकै बल लगाएर आउट गरेका छन् । पीएलले प्रतियोगितामा सबैभन्दा बढी ६२ बलमा ७८ रन बनाएका छन् । उनले ५ चौका ४ चक्का प्रहार गरेका थिए । पारस र बसन्तकै बलिङमा चौका छक्का हानेका उनलाई अन्ततः सोमपालले आउट गरेका हुन् ।

यदि सोमपालले आउट नगरेको भए उनले शतक हान्न सक्थे । खेलमा नेपालले २३६ रनको लक्ष्य पाएको छ । निर्धारित ३६ ओभरको खेलमा स्टकल्याण्डले ७ विकेट गुमाएर २३५ रन बनाएको छ ।
 
29 Jul 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top