५ साउन । खुकुरी प्रहारबाट राप्रपा नेपाल सभासद गणेश थापा घाइते हुनु भएको छ ।गणेश थापाको खुकुरी प्रहारबाट टाउकोमा चोट लागेको छ । मस्यौदा सुझावको विरोध गर्न हेटौडामा गएका थापा माथी स्थानिय युवाहरुको एक समूहले खुकरी र रड प्रहार गरेको प्रहरीले बताएको छ । हिन्दु राष्ट्रको कायम हुनु पर्न भन्दै सुझाव संकलनका क्रममा आफ्नो मन्तव्य दिदै गर्दा उनीमाथि आक्रमण भएको राप्रपा नेपालले जनाएको छ ।

Post a Comment

 
Top