मापसे आजकल निकै कठोर भएका छन् । पछिल्लो समय धेरैको घरबार टुक्राउने बिषय बनेको छ मापसे अर्थात रक्सी सेवन । रक्सि सेवनले गर्दा धेरै युवा पिडिका ब्यक्तिको जीवनको सहयात्रा सम्म टुटेको छ । नेपालको सन्दर्भमा धेरै सवारी दुर्घटनाका पछाडि पनि मापसे नै जोडिएर आउने गरेको छ । यहि कुरालाई मध्येनजर गर्दै नेपाल सरकारले मापसे चेकिङलाई अलि कडाई गरेको छ । नेपाल ट्राफिक प्रहरीको यो कदमलाई मान्नै पर्छ ।सधै सर्वसाधारणलाई चेकिङ् गर्दै आएको प्रहरीको फन्दामा शनिबार राती १०.३० मा नायिका शुभेच्छा थापा र निर्देशक राजु गिरीलाई पक्राउ गरेको छ । उनीहरु राती १० बजे मापसे गरेर बालकुमारी स्थित द रेडि गेष्ट हाउसबाट निस्किएका थिए । त्यसको करिव आधा घण्टा पछि जावालाखेल ट्राफिक प्रहरी बिटले उनीहरुलाई पक्राउ गरेको हो । यो प्रसंग हो पछिल्लो समय चर्चामा रहेको गीत मापसेले मार्योको म्युजिक भिडियो सुटिङको c आगामी माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘द टाईगर रियल हिरो’ भित्र समेटिएको यो गीतको म्युजिक भिडियोको सुटिङ्सँगै यो चलचित्र छायाँङकनको सम्पुर्ण काम सकिएको छ । यो गीतमा नायक अशोक फुयाल र नवराज गिरी तथा नायिका सगुन शाही र शुभेच्छा थापाले अभिनय गरेका छन् । निर्देशक राजु गिरीले निर्देशन गरेको यो चलचित्रमा समावेश यो गीत म्युजिक भिडियो बन्नु अगावै चर्चीत बनीसकेको छ । शंकर गिरी, काजल गिरी र रिया गिरीले सयुक्त रुपमा निर्माण गरेको यो चलचित्रमा नायक अशोक फुयाल, नायिका शुभेच्छा थापा, शुसान्त कार्की, सुरज रानाभाट, सगुन शाही लगायतका कलाकारको अभिनय रहेको छ । रोशन श्रेष्ठको द्धोन्द्ध रहेको यो चलचित्रमा संगीतकार अर्जुन पोखरेलको संगीत समावेश गरिएको छ । शुभेच्छा इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको हो ।
स्रोत : ओ यस नेपाल

Post a Comment

 
Top