नेपाल प्रहरी र स्थानिय प्रशासनले आँखा चिम्लिएका कारण ईन्टरनेटमार्फत बेश्यावृति गर्ने गिरोह मुलुकभर सल्बलाउन थालेका छन् । पछिल्लो समय नेपाल ‘पोर्नसाईट’ सञ्चालन गर्ने केन्द्रविन्दु बन्न थालेको छ । अनगिन्ती नेपाली पोर्न साईटहरु नेपालबाटै सञ्चालनमा आएका छन्, जसका सञ्चालक समेत नेपालीहरु नै रहेका छन् । तर, प्रहरी भने बेखबर जस्तै बनेको छ । ती पोर्न साईटहरुमा नेपाली चेलीका लुकेर खिचिएका, जानीजानी खिचिएका तथा जर्वजस्ती अन्य ब्यक्तिका कारणले सार्वजनिक भएका सयौं भिडियोहरु राखिएका छन् । त्यसैगरी वेवसाईटमार्फत वेश्यवाृति गराउने साईटहरुले भने नेपालका टप मोडलदेखि प्रख्यात नायिकासम्म उपलब्ध गराउने उल्लेख गरेका छन् । नेपालमै वेवसाईटमार्फत पुरुष बेश्याको समेत प्रचारप्रसार गरिएको छ । कुनै पनि युवतीले चाहेको ठाँउमा लैजान सक्ने समेत उल्लेख गरिएको छ । यी सम्पूर्ण कुराको जानकारी पाउन नेपाल प्रहरीले मात्र ‘गुगल सर्च ईन्जिन’लाई प्रयोगमा ल्याए पुग्छ । ग्र्राहकको ईच्छा र भने अनुसारको नेपाली युवती पाईने भन्दै त्यस्ता दर्जनौं ब्लग र वेवसाईटहरु खुलेका छन्, जहाँ प्रहरीको ध्यान पुग्न सकेको छैन । तत्कालिन महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी नबराज सिलवाल हुँदा वेवसाईटमार्फत बेश्याबृति गर्ने आधा दर्जन जोडीसहित सञ्चालक समेत पक्राउ परेका थिए ।
प्रहरीको उक्त टोली ‘नेपालीस्कर्ट डटको डट सीसी’ नामक वेवसाईटमार्फत बेश्यावृति गराउने गिरोह पक्राउ गर्न खटिएको थियो । उक्त साईटका सञ्चालकले राजधानी बाहिर–भित्र जाँदा प्रतिदिन तथा प्रतिरातको युवतीको मुल्यसहित साईटमा उल्लेख गरेका थिए भने नेपालका जो सुकै नायिका उपलब्ध गराउन सक्ने साईटमा दावी गरिएको थियो । सोही साईटमा सम्पर्कका लागि दिइएको नम्बरमा ग्राहक बनेर प्रहरीले फोन गरी छापा मार्दा आधा दर्जन केलज पढ्ने युवतीसहित सञ्चालक पक्राउ परेका थिए । स्रोतका अनुसार जतिबेला उक्त ¥याकेट सञ्चालन गर्ने गिरोहको अखडामा छापा मारिएको थियो, त्यतिबेला बेश्याबृतिको ¥याकेट सञ्चालन गर्ने प्रमुख ब्यक्तिलाई भने छापा हान्न पुगेको प्रहरी टोलीले भगाएको थियो ।
उक्त प्रकरण एक÷दुई दिनसम्म त विभिन्न सञ्चारमाध्याममा चर्चामा विषय बन्यो । तर, पछि यी काण्ड विस्तारै ओझेलमा पर्न थालेका कारण अहिले मुलुकभर च्याउ उम्रेसरी नेपाली पोर्नसाईट र ब्लग सञ्चालनमा आईरहेका छन् । नेपालमै दजनौं ‘पोर्नसाईट’ सञ्चालन र वेवसाईटमार्फत बेश्यावृति भइरहेका छन् । साइबर अपराध नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम रहेको र न्यूनिकरणका लागि निरन्तर लागिरहेको अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की बताउँछन् । कार्की भन्छन्,‘ यस्ता पोर्नसाईट सञ्चालन र वेवसाईटमार्फट बेश्यावृति गर्ने तथा गराउने काम गैरकानूनी हो । प्रायगरेर यस्ता साईटहरु विदेशबाट सञ्चालन भएका हुन्छन् । नेपालबाट नै सञ्चालन भएको सूचना पाए तत्काल कानूनी कारवाही गर्न प्रहरी सक्षम छ ।’

नेपालमा वेवसाईटमार्फत बेश्यावृतिको ¥याकेट सञ्चालन गर्ने गिरोह मध्येका दोलखाका माधव श्रेष्ठ र दिपक श्रेष्ठ पनि हुन् । अहिले दिल्लीमा रहेका श्रेष्ठ दाजुभाईलाई महानगरीय प्रहरी अपराध महाशाखा हुुनुमानढोकाले निगरानीमा राखेपनि उनीहरु कहिले नेपाल आउँछन् र बाहिरिन्छन् कुनै सूचना पाउन सकेको छ्रैन । नेपाल आउँदा समेत उनीहरु भारतीय नम्बर प्लेटको गाडि प्रयोग गरेर आउने गरेको स्रोत बताउँछ ।
श्रेष्ठद्धका दाईभाई मध्येका अर्का भिम भन्ने समिरले भारतमा बसेर चोरीका मोबाइल, एलसीडी, लिड टिभी, कम्यूटरलगायतका सामाग्री चोरीपछि नेपालमा ल्याएर विक्री गर्ने गरेका छन् । श्रेष्ठ दाजुभाईले अहिले पनि दिल्लीबाट विभिन्न पोर्न साईटहरु सञ्चालन गरिरहेका छन् । यसअघि चोरीको गाडी बेचविखन गरेको मुद्दामा पनि उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । स्रोतका अनुसार श्रेष्ठका दाजुभाईले कोटेश्वरस्थित एउटा विशाल महल र एक महंगो गाडि समेत खरिद गरेका छन् । भिम भन्ने समिरलाई प्रहरीले डाँका मुद्धामा पक्राउ गरी मुद्धा चलाएको पनि बुझिन आएको छ । कुनै बेला भिम भन्ने समिरले रक्तचन्दन तस्करी समेत गरेका थिए ।
श्रेष्ठ दाजुभाईको घर दोलखा बाखखोर हो भने यिनीहरुको असली बोश आकाश रहेको स्रोतले बतायो । नेपाल प्रहरीले बढ्दो साइबर अपराध नियन्त्रण गर्नलाई तत्काल कदम नचाले यसले विकराल रुप लिने निश्चित छ । प्रहरीले गुगल सर्च ईन्जिनबाट त्यस्ता नेपाली पोर्नसाईट खोजी गरेको खण्डमा दर्जनौं फेला पार्न सफल हुनेछ । ती साईटहरुले जर्वजस्ती खिचिएका, प्रलोभनमा पारि खिचिएका, जानीजानी खिचिएका तथा तेस्रो ब्यक्तिले चोरीगरी सार्वजनिक गरेका नेपाली युवती तथा महिलाको समेत भिडियो राखेका छन् । जसका कारण घरपरिवार विग्रिने, मानसम्मान तथा ईज्जत प्रतिष्ठामा आँच पुग्ने मात्र नभई समाजमा अपराध बढ्ने भएकाले बेलैमा नेपाल प्रहरीको ध्यान जाला की ?
जनप्रहार साप्ताहिक

Post a Comment

 
Top