काठमाडौं, ५ साउन ।२०६२÷०६३ सालको जनआन्दोलन बेलाको प्रहरी दमनको झल्को मंगलबारको सुझाव संकलनका क्रममा काठमाडौंको वसन्तपुरमा देखिएको छ । सो जनआन्दोलनका क्रममा प्रहरीले छानीछानी टाउको फुटाए झैं मंगलबार काठमाडौंमै सोही प्रवृत्ति दोहोरिँदा गणतान्त्रिक सरकारप्रति प्रश्न खडा भएको छ ।
संविधानको प्रारम्भिक मस्यौदा प्रति असन्तुष्ट दलहरुले विरोध र च्यात्ने यसअघि नै जानकारी गराइसकेकाले सोही अनुसारको सरकारले सुरक्षा व्यवस्था गर्नुको साटो प्रहरी दमन गर्नपटि लागेको देखियो । हेटौंडामा राप्रपा नेपालका सभासद्माथि खुकुरी प्रहार हुनु र काठमाडौंको वसन्तपुरमा सुझाव संकलन स्थलमा पुगेका सर्वसाधारण तथा विरोधी दलहरुप्रति प्रहरी आक्रमक देखिनुले सरकार नियोजित रुपमा उत्रिएको कतिपयको बुझाइ छ ।



वसन्तपुरमा क्षेत्रमा रहेको असन्तुष्ट दलहरुको गतिविधि नियन्त्रणमा लिने क्रममा सुझाव दिन गएका सर्वसाधारहरुको पनि प्रहरीको अन्धाधुन्ध लाठीचार्जबाट टाउको फुटेको छ । सुझाव संकलन केन्द्रमा विरोधी मात्रै होइन सुझाव दिन आउने पनि हुन्छन् भन्ने हेक्का नगरी प्रहरीले लाठी चार्ज गर्दा सो क्षेत्रमा भागदौड मच्चिँदा केही घाइते समेत भएका छन् ।
नयाँ संविधानको प्रारम्भिक मस्यौदा र चार दलबीच भएको १६ बुँदे सहमतिको विरोधमा रहेका दलहरुको प्रदर्शनमा व्यापक प्रहरी दमन भइरहेको कुरा सार्वजनिक भइरहेका बेला राजधानीमै निकै भत्र्सना योग्य प्रहरी दमनको दृश्य देखिएको हो ।



Post a Comment

 
Top